uncategorized
राडार नभएका कारण मौसम अनुमान गर्न नसकी बारा पर्सामा २८ जनाको ज्यान गएपछि मौसमी राडार बनाउन ५९ करोड रुपैयाँ बजेट विनियोजन
काठमाणंडौ -सरकारले भरपर्दो मौसमी राडार निर्माणका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।आज बजेढ भाषणमा बोल्दै अर्थमन्त्री खतविडाले उल्लेख गरेका छन् ।अहिले सुर्खेतमा मौसमी राडार स्थापना भएको छ भने पाल्पा र उदयपुरमा राडार निर्माण गर्न ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा।युवराज खतिवडाले बताए ।एउटा राडार बनाउनका लागि कम्तीमा २० करोड रुपैयाँ खर्च हुन्छ ।
सुर्खेतमा विदेशी दाताको सहयोगमा राडार स्थापना गरिएपनि सञ्चालनमा आउन सकेको छैन ।पश्चिमका लागि सुर्खेतमा, मध्य नेपालका लागि पाल्पा र पूर्वी नेपालका लागि उदयपुरमा राडार निर्माण गर्न लागिएको हो । राडार नभएका कारण गएको चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो आँधीले २८ जनाको ज्यान गएको थियो ।
जसलाई मौसमविदले राडारको अभावमा अनुमान गर्न सकेका थिएनन् । त्यसैगरी सरकारले भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने भएको छ । आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने बजेटमा उल्लेख छ । यस्तै २ वर्षभित्र कृषि जमिनपूर्जा विद्युतीय बनाउने बजेटमा उल्लेख छ । जग्गा कारोबारको सबै विवरण अनलाइनमा आधारित बनाउने सरकारी योजना रहेको छ ।
