समाचार

अस्पताल भित्रै नर्समाथि कुटपिट, रुदै आईन् मिडियामा ! बिना कारण किन कुटियो नर्सलाई ? कारण यस्तो छ

पोखरा, १२ जेठ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २ जना कर्मचारी कुटिएका छन् । अस्पतालको सामाजिक सुरक्षा शाखामा काम गर्ने नर्वदा अर्याल र सम्झना सिजनलाई सोहि शाखामा काम गर्ने कोर्डीनेटर अरुणा ढकालले कुटेको आरोप लगाएका छन् ।

अस्पतालबाट खाजा खाएर कार्यकक्षमा प्रवेश गर्ने बेलामा कुरुणाले उनिहरुलाई कुटेको पिडितको आरोप लगाएका छन् । उनिहरुले आफुहरुलाई पहिला देखि नै दुव्र्यवहार हुदै आएको र अहिले हातपाट गरेको बताएका छन् ।
घटनाको अस्पतालका निर्देशक अर्जुन आचार्यले पनि पुष्ठि गरेका छन् । सोहि अस्पतालमा विगत ५ वर्ष देखि काम गर्दै आएकी दिपिका पाण्डेले पनि नयाँ आउनेहरुलाई काम गर्न गाह्रो हुने गरेको बताईन् ।

उनले आफु ५ वर्ष देखि रोइरहेको बताएकी छन् । भनेको बेलामा विदा नपाईने, विरामी हुदा पनि विदा दिन गाह्रो मान्ने करुणाले आफ्नो मोड भएको बेला राम्रो व्यवहार गर्ने तर उनको मोड छैन भने आफु मातहतका कर्मचारीलाई नराम्रो व्यवहार गर्दै आएको पाण्डेले आरोप लगाएकी छन् ।

करुणालाई प्रहरीले पक्राउ गरेको छ । कुरणालाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *