समाचार

सिंगापुर उडिरहेको स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

चेन्नाई- सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *