समाचार

काठमाडाैं र पूर्व क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

मेघगर्जन गराउने बादलको प्रणाली पश्चिमबाट सर्दै काठमाडाैं आसपास पनि देखिएको माैसम विभागले जनाएकाे छ ।

विभागका अनुसार काठमाण्डौं आसपास पनि मेघगर्जन हावाहुरीसहित वर्षा भइरहेको र यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाने छ। यसले पूर्व भेगमा पनि असर गर्ने बताइएकाे छ ।

हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी अनुमानः

जेठ २४ गते शुक्रबार

दिउँसो: देशका पूर्वी र मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका आंशिक बदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी मेघगर्जनसहित वर्षाको सम्भावना छ। देशका उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति: देशका पूर्वी र मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका स्थानमा आंशिक बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ २५ गते शनिबार

दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २६ गते आइतबार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *