समाचार

खाना खाँदै गरेका एकै परिवारको दुई दाजुभाईको चट्याङ्ग लागेर गयो ज्यान

रोशी गाउपालिका वडा नम्बर १०, वालिटिंग, भांगेटारकामा एकै परिवारको दुई दाजुभाईको चट्याङ्ग लागेर मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका टुनिबासमा नरबहादुर लामा, ५० सन्चर सिं लामा सहित् एउटा कुकुर मृत अबस्थामा फेला परेका हुन्। जेठ १ गते विहान ६ बजे खानेपानी बनाउन लागि हिडेका नरबहादुर लामालाई खाजा पुर्याउन सन्चर सिं लामा पुगेका थिए। पानी परिरहेका कारण दुवैजना खाजा खान रुखमा ओत लाग्दा चट्याङ्गमा परी मृत्यु भएको थियो। खानेपानी बनाउनको लागि गएका नरबहादुर र उनलाई खाजा पुर्याउन गएका संचर सिहं घर नफर्किएपछि उनीहरुलाई खोज्न परिवारका सदस्य साहित् गाउँनै उल्टिए। तर कुनै पत्ता लागेन। घटना घटेको तस्रो दिनमात्रै शब भटिएको थियो।

घटनास्थलमै पुगेका मृतक नरबहादुर लामा र सन्चर सिं लामाका श्रीमतीहरुको रुवाबासी चलेको थियो। ‘मेरो सम्पत्ति केहि छैन, चट्याङ्गले नै मृत्यु भएको हो कसैले मारेको हैन। पोस्टमार्टम गर्ने खर्च छैन यी सदागत गरिदिनु’ भन्दै अनुरोध गर्दै भकानिन् नरबहादुरकी श्रीमती। उनले भनिन्, ‘साथी कोहि छैन भनेर मैले नजानु भनेको थिए। तर मान्नु भएन। पछि मलाई फोन गरेर भोक लाग्यो भनेकोले मैले जेठाजुलाई खाजा लिएर पठाएको थिए।’

मृतकको परिवार निकै भावाहिल अस्ब्थामा छ। शबलाई पोष्टमार्टमको लागि लागिएको छ। नरबहादुरको ४ बालबच्चा छन् भने उनको दाजुको ३ बच्चा छन्। अब यी भखरै खान, लाउन खेल्न पाउने यी बालबच्चालाई कसरी पाल्ने भन्ने पिरले पनि मृतक परिवारलाई पिरोलेको छ। खाना मुखमा हाल्न मात्र के लागेका थिए।

एक स्थानीय बासी भन्छन, ‘घटनाको प्रकृति हेर्दा चट्याङ्गले नै मृत्यु भएको देखिन्छ। मृतकको मुख र हातमा खानेकुरा पनि देखिएको छ। अनुहारभरि झिङ्गैझिंगा थियो। मृतकको लुगा पनि जलेको छ। दुई छाक खान पनि धौ-धौ हुने मृतकको परिवारले शब यही जलाउन चाहे पनि प्रहरीले मानेनन्। उनीहरुसँग अन्तिमसस्कार र अन्य जांचको लागि हामीले २ ४ सय गरी चन्दा उठायौ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *