समाचार

अनुगमन र निरीक्षणलाई तिब्रता दिँदै जिल्ला समन्वय समिति काभ्रे ।

असार ५ बिहीबार ,२०८२

काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेले अनुगमन र निरिक्षणलाई तिव्रता दिएको छ। आर्थिक वर्ष २०८१/८२ काे अन्तिम अबस्थामा स्थानीयतहहरुका विभिन्न शाखाकाे शाखागत प्रगति विवरणकाे जानकारी लिने उदेश्यले पालिकाहरुमा अनुगमन गरिएको जनाइएको छ।

जिसस प्रमुख दीपककुमार गौतमले स्थानीय तहमा रहेका महिला, बालबालिका र सामाजिक शाखाको अनुगमन गर्नु भएको छ। साथै उहाँले महालेखा परिक्षककाे कार्यालयबाट देखिएको बेरुजुसम्बन्धी विषयमा पनि छलफल गरिएको हो ।

उहाँ कार्यालयकाे टिम सहित आज मण्डनदेउपुर नगरपालिका पुग्नु भएको छ । यस्त‌ै प्रमुख गौतम आजै पनौती, रोशी, पाँचखाल, नमोबुद्धलगायतका पालिकामा पनि अनुगमनका निम्ति पुग्नु भएको जानकारी दिनुभयो।

मण्डनदेउपुर नगरपालिका आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम घटाउँदै जिल्लामा नगरपालिकामध्ये सबैभन्दा कम बेरुजु भएको नगरपालिकाको रुपमा चिनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *