समाचार
२ वटा मोटरसाईकल एक आपसमा ठाेक्किदा ४ घाइते
मोरङ / मोरङको विराटनगर महानगरपालिका-५ सम्झना चोक स्थित भित्री सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ४ घाइते भएका छन ।बिहान साढे १० बजेको समयमा स ९ प ९७०६ र को ३३ प ४७३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा विराटनगर महानगरपालिका-१० बस्ने बद्यानन्द मण्डल, सिरहाको लहान नगरपालिका-५ बस्ने २५ वर्षिय विनोद अधिकारी र सोही नगरपालिका -८ वस्ने २२ वर्षिय दिनेश साह गम्भिर घाईते भएका छन् भने सप्तरीको राजबिराज नगरपालिका-८ बस्ने १९ बर्षिय प्रेम यादब सामान्य घाईते भएका हुन् । घाईते चारैजनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
