समाचार

मेलम्चीको पानी ल्याउन नदिने खेलमा नेपालीहरु लागे अब नेतृत्वबाटै हस्तक्षेप गरेर ल्याउँछौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मलेम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन नदिने खेलमा नेपालीहरु नै लागि परेको आरोप लगाएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार अध्यक्ष प्रचण्डले मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेकाले अब कडा कदम चालेर भए पनि मेलम्चीको पानी ल्याउने बताएका हुन् ।

आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याउने बताएका उनले भने, ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं ।’

‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङ खन्ने काम पनि मोर अर लेस सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने ‘तर अझै एक दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै मान्छेहरुले (नेपालीहरुले) रोकेका हुन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *