समाचार

सिरहाको बलान खोलामा पुरुषको शव फेला

लहान  /  सिरहाको लहान नगरपालिका  ९ स्थित बलान खोलाको छेउमा शनिवार एक पुरुषको शव फेला परेको छ । ६० बर्षिय  रत्नबहादुर लामाकाे  घाँटी र टाउँकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको हाे । स्थानियहरूले खोलाको छेउमा घाेप्टाे परेकाे अवस्थामा लामालार्इ देखेपछी प्रहरीलाइ खबर गरेका थिए । लामाकाे शव पोष्टमार्टमका लागी लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएकाे छ ।

मृत्तकका पत्नि माया लामाका अनुसार एक अपरिचित मानिस लामासंग बस्दै अाइरहेकाे थिए र बिहीवार साँझ ७ बजेतीर घरबाट निस्किएकाेमा पती नअाएपछी खाेजी गर्ने क्रममा मृत फेला परेकाे र उक्त साथी फरार रहेकाे बताइन् । घटनाबारे अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *