समाचार

कल्पना वाहिरको ईटहरी, जसले हामीलाई घिसार्दै अघि बढाईरहेको छ : राजेश श्रेष्ठ

कुनैपनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो । ईटहरीको ब्यापार ब्यबसाय देखि सामाजिक कार्यमा समेत अभिभावकको भुमिका निर्वाह गरिरहनुभएका एकजना सफल ब्यत्तित्व हुनुहुन्छ राजेश श्रेष्ठ ।

बि.स २०१३ साल भाद्र १७ गते तेह्रथुमको सम्फरजुङमा मातापिता गणेशबादुर र लिलामाया श्रेष्ठको कोखबाट एक्लो सन्तानका रुपमा जन्मिनुभएका उहाँ २०२० सालमा बुबाआमा साथ बसाई सरी मोरङको महेश्वरझोडामा (हाल सन्दकपुर ६) आउनुभएको थियो । साजीलाल माध्यमिक बिद्यालय दुलारीबाट २०२९ सालमा एसएलसी उर्तिण गर्नुभएका उहाँ बिराटनगर महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा अध्यायन गर्न थाल्नुभयो । बिराटनगरमा उच्च शिक्षा अध्यायन गर्दै उहाँले २०३८ सालदेखि ब्यबसाय शुरु गर्नुभयो ।

यसरी शुरु भयो ब्यबसाय

शुरुमा खाद्यउपज खरीद बिक्रि केन्द्र (काँटा) बाट शुरु भएको उहाँको ब्यबसाय ठेक्कापट्टा  संचालन गर्दै  चिउरा मिल, जग्गाजमीन  लगायतका कारोबार गर्दै उहाँले ब्यबसायलाई अघि बढाउनुभयो । कुनैबेला जुटको जुट खरीद तथा बिक्री गर्ने जिम्मा पाएका बेला राम्रो नाफा कमाएपनि एउटा ठग ब्यापारी संगको संगतमा सबै पैसा खाईदिएको र आफु फेरी जिरोमा पुगेको तितो यथार्थ उहाँले सुनाउनुभयो । जतिसुकै बिपत्तिमा पनि आफुले हार नखाई ब्यबसायलाई निरन्तरता दिएको कारण आफु आज यो स्थानसम्म आईपुगेको उहाँ सुनाउनुहुन्छ । उहाँले हाल ईटहरीको मुख्य चौकमा सञ्चालित सेन्ट्रल प्लाजाको समेत सञ्चालन गरिरहनुभएको छ ।

सामाजिक सक्रियता

२०४३ सालमा रेडक्रस सोसाईटी ईटहरीको संस्थापक संयोजक, ईटहरी जेसिजको संस्थापक, रोटरी क्लब, नागरिक समाज लगायत दर्जनौ संघसंसस्थाको समेत नेतृत्व गर्नुभएका वहाँ हाल ती संस्थाहरुमा सल्लाहकारका रुपमा रहनुभएको छ । उहाँ पिस फाउन्डेसन इटहरीकाे मातहतमा संचालन भएकाे सुष्मा ईन्जिनियरिङ कलेज, गोदावरी कलेज तथा सुष्मा सेकेण्डरी स्कुलका समेत अध्यक्ष रहनुभएको छ । ब्यबसाय सँगै समाजसेवामा अग्रणी भुमिका निभाईरहनुभएका श्रेष्ठ ईटहरीका कुशल अभिभावक समेत हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *