समाचार

नेपाली कम्युनिस्ट पार्टी काभ्रेमा आसन्न फागुन २१ का लागि बसुन्धरा हुमागाँई र दिनानाथ गौतम उम्मेदवार

२०८२ माघ ३ शनिबार
काभ्रेपलान्चाेक । नेपाली कम्युनिस्ट पार्टी काभ्रेले आगामी फागुन २१, २०८२ मा हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा बसुन्धरा हुमागाँई र दिनानाथ गौतम उमेरद्वार सिफारिस भएका छन् ।

पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्बर १ तर्फ सुर्यमान दोङ, दिनानाथ गौतम, मुकुन्द गौतम, टासी लामा र अबिरल जिम्बालाई सिफारिस गरेको थियो ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ तर्फ बसुन्धरा हुमगाईं, कृष्ण भण्डारी, आइत सिं तामाङ, उषा शिवभक्ति अर्याल र केशव तिमल्सिनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम नाम केन्द्रिय कमिटीले टुङ्गो लगाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *