अकस्मात पानी परेपछि बालगोपालेश्वरको भाइटीका प्रभावित

afnuf]kfn]Zj/ dlGb/ sf7df8f}F, @( sflQs M jif{df Ps lbgdfq v'Ng] sf7df8f}Fsf] /fgLkf]v/Ll:yt afnuf]kfn]Zj/ dlGb/df bz{gfyL{ . odk~rs cyf{t ltxf/sf] efO6Lsfsf] lbg dËnaf/ lbbLalxgL gePsf Pjd efO6Lsf ug{ gkfPsfx?sf nflu /fgLkf]v/Ll:yt afnuf]kfn]Zj/ dlGb/ bz{g ug]{ k|rng 5 . tl:a/ M gjLg kf}8]n÷/f;;
अ+
अ
अ-

काठमाडौँ । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ ।

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो ।

अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिनुभयो ।

वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो ।

भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ ।
–––