अ+
अ
अ-
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौंराले बताउनुभयो ।
उहाँका अनुसार घरमा लक्ष्मी र उहाँका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो । मोहन भागेर ज्यान जोगाउन सफल भएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ ।


