नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा छैटौँ बालनाटक महोत्सव सम्पन्न भएको छ।
राष्ट्रिय सुरक्षादेखि चार दिनसम्म चलेको महोत्सवमा नेपाल, बंगलादेश, जापान, इजरायल, चेक रिपब्लिक र भारतलगायत १२ देशका बालकलाकारले आफ्नो प्रस्तुति दिएका थिए।
महोत्सवको पहिलो दिन इम्पेरियल वर्ल्ड स्कुलले ‘चुप लाग’ शीर्षकको नाटक मञ्चन गरेको थियो। त्यस्तै, बंगलादेशका कलाकारले ‘फादर स्काई’, जापानका कलाकारले पपेट र इजरायलका कलाकारले ‘आउट यान इभिन आई’ शीर्षकको नाटक प्रस्तुत गरेका थिए।
कार्यक्रमको आतिथ्यता नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनालले गरेका थिए। कार्यक्रममा प्राज्ञ सरस्वती चौधरी, कलाकार दयाहाङ राई तथा नाटककार अशेष मल्ललगायतको उपस्थिति रहेको थियो।
सन् २००२ देखि निरन्तर आयोजना हुँदै आएको बालनाटक महोत्सवमा विभिन्न देशका बालकलाकारले आफ्नो कला प्रस्तुत गर्दै आएका छन्।


