जखेरा तालमा डुबेर बालिकाको मृत्यु

अ+
अ
अ-

लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी छ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउने क्रममा चिप्लिएर तालमा खसेकी थिइन् । बालिका तालमा खसे लगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमै राखिएको छ ।