अ+
अ
अ-
हेलिप्याडमा दुईवटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
घाइते सेलिसकुमार पटेल र क्रिस्टेलियरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याई उपचार भइरहेको छ।
दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका ४० वर्षीय वसन्तकुमार बोलारामुडुको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान ८ बजे हेलिकप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।


