अ+
अ
अ-
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई जस्तोसुकै दबाब र धम्की दिए पनि नडराउने बताएका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर्साउन धेरै आए, तर तर्सिने बानी परेको छैन।’
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति संकेत गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
यसअघि एक अन्तर्वार्तामा पनि थापाले सरकारलाई चुनौती दिँदै भनेका थिए, ‘भाइ, तिमीहरूको हातमा सत्ता छ। जे गर्न सक्छौ गर, त्यसका लागि म तयार छु।’
यसैबीच, नेपाली कांग्रेसको सचिवालय बैठकले सरकारका गतिविधिमाथि निगरानी राख्दै गलत र असंवैधानिक गतिविधिको विरोध गर्ने निर्णय गरेको जनाएको छ।


