कांग्रेसको दलित क्लस्टरबाट सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसाइलीले ४ हजार ८ सय ८१ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १ सय २१ मत प्राप्त गर्दा अर्का उम्मेदवार नरेन्द्र पासवानले ७ सय ९६ मत प्राप्त गरेका छन्।

दलित क्लस्टरअन्तर्गत भएको निर्वाचनमा रसाइलीले प्रतिस्पर्धी उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दै सहमहामन्त्री पदमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।