विराटनगरमा किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन हुँदै

अ+
अ
अ-

विराटनगर । किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा आयोजना हुने भएको छ। महाधिवेशन आगामी असोज २३, २४ र २५ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ।

महाधिवेशनको मुख्य नारामा ‘सभ्यता, संस्कृति, भूगोल र इतिहासको सम्मानका लागि बृहत् एकता’ तथा ´कोशी नाम खारेज र किरात प्रदेश नामांकन’ लाई समेटिएको छ।

किरात राई यायोक्खा १२औँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका अनुसार महाधिवेशनमा किरात समुदायको भाषा, संस्कृति, पहिचान, इतिहास तथा राजनीतिक अधिकारका विषयमा छलफल हुनेछ।

महाधिवेशनले कोशी प्रदेशको नाम परिवर्तन गरी किरात प्रदेश नामकरण गर्नुपर्ने मागलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।