अ+
अ
अ-
बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ ।
महाधिवेशनअन्तर्गतका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ ।
बन्दसत्रबाट राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।


