कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्र सुरु, खुलामञ्चमा नेतादेखि प्रतिनिधिसम्मको बाक्लो उपस्थिति

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा सुरु भएको छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी भइरहेका छन्। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूको उपस्थिति रहेको छ। नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने कार्यक्रम तय भएको छ।

उद्घाटन समारोहमा कांग्रेसका विभिन्न प्रदेशका नेताहरूले सम्बोधन गरिरहेका छन्। अहिले बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन गरिरहेका छन्।

खुलामञ्चमा देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू झाँकी, र्‍याली तथा पञ्चेबाजासहित महाधिवेशनस्थल पुगेका छन्।