काठमाडौं । नेपाली कांग्रेसका नेता महेश खरेलले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौंको आनन्दभूमि बैंक्वेटमा आयोजित कार्यक्रममा खरेलले १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै खरेलले काभ्रेका नेता तथा कार्यकर्तालाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै मतदान गर्न आग्रह गरे। साथै, देशभरबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई आफूलाई मतदान गर्नुपर्ने आधार र कारणबारे पनि उनले धारणा राखेका थिए।
खरेलले आफू बाल कांग्रेसदेखि नै राजनीतिमा सक्रिय रहेको र कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको राजनीतिक आदर्शबाट प्रभावित भएर राजनीतिमा आएको बताए। उनले पार्टीमा आफ्नो लामो राजनीतिक यात्रालाई आगामी महाधिवेशनबाट केन्द्रीय तहमा थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।
कार्यक्रममा उनले काभ्रेका अन्य नेता तथा कार्यकर्तालाई पनि आफू आकांक्षी रहेको पदबारे स्पष्ट धारणा राख्दै आपसी समझदारी र एकताका साथ अघि बढ्न आग्रह गरे।


