कांग्रेसमा पदाधिकारी थपिँदै, सहमहामन्त्री १३ पुग्ने

अ+
अ
अ-

काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीका पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। नेतृत्वका आकांक्षी बढ्दै गएपछि विधान संशोधनमार्फत उपसभापति र सहमहामन्त्रीको संख्या थप गर्न लागिएको हो।

कांग्रेस नेताहरूबीच भएको समझदारीअनुसार एक वरिष्ठ र एक महिला उपसभापति थपिने भएका छन्। यससँगै उपसभापतिको संख्या दुईबाट चार पुग्नेछ। त्यस्तै दुई जना खुला सहमहामन्त्री थप गर्ने समझदारी बनेको छ। हाल ११ जना रहेको सहमहामन्त्रीको संख्या थपिएपछि १३ पुग्नेछ।

पदाधिकारी संख्या थपसम्बन्धी विधान संशोधनको मस्यौदा तयार गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले तयार गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएपछि महाधिवेशनमा प्रस्तुत गरिनेछ।