काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले तत्कालीन समयमा माओवादीले राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न खोजेको दाबी गरेका छन्।
थापाका अनुसार २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला चैत १२ र १३ गते माओवादी नेता डा. बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रसँग भेट गरेका थिए। उक्त भेटमा भट्टराईले ‘सांस्कृतिक राजा’को अवधारणासहित सहकार्यको प्रस्ताव राखेको थापाको भनाइ छ।
तर, संसदवादी दलहरूलाई बाहिर राखेर माओवादीसँग मात्र सहकार्य गर्न नसकिने जवाफ राजा ज्ञानेन्द्रले दिएको थापाले बताएका छन्। त्यसपछि माओवादीले सात राजनीतिक दलसँग सहकार्य गएको उनको दाबी छ।
भारतीय प्रधानमन्त्रीका दूत डा. करण सिंह नेपाल आउनुअघि नै नेपाली राजनीतिक शक्तिहरूले बाह्य दबाबबिना आफैं राजनीतिक निकास खोजेको सन्देश दिनुपर्ने राजा ज्ञानेन्द्रको बुझाइ रहेको पनि थापाले बताएका छन्।


