अ+
अ
अ-
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार भएको विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरिएको हो। उपसमितिलाई अध्ययन तथा आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउन दुई महिनाको समयसीमा तोकिएको छ
।
उपसमितिमा सांसदहरू अयन महर, योगेश गौचन थकाली, आरएन राई, खगेन्द्र सुनार, खुस्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर साही सदस्य रहेका छन्।
प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको विषयमा उठेका प्रश्नबारे अध्ययन गरी आवश्यक निष्कर्षसहित प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेस गर्ने जिम्मेवारी तोकिएको छ।


