सरकारलाई आरेन राईको प्रश्न- दरबार हत्याकाण्ड छानबिन कता पुग्याे,चर्चाकाे लागि बाेलेकाे कि कार्यान्वयन गर्ने ?
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पछिल्लो छ महिनामा गरेका कामबारे संसदमा प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सरकारले विभिन्न विषयमा छानबिन र कारबाही गर्ने प्रतिबद्धता जनाए पनि ती विषयको प्रगति कहाँ पुगेको छ भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए।
उनले दरबार हत्याकाण्डको छानबिन गर्ने भनिएको विषय कहाँ पुगेको छ भन्दै सरकारसँग प्रश्न गरे। यस्तै, निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको छ भन्नेबारे पनि जवाफ मागे।
गिरीबन्धु टी–स्टेट, क्यान्टोनमेन्टलगायत विभिन्न चर्चित प्रकरणमा सरकारले के काम गरिरहेको छ भन्ने प्रश्नसमेत उनले उठाए।
सांसद राईले सरकारले जनतामाझ गरेका घोषणा र प्रतिबद्धता कार्यान्वयनका लागि हुन् कि केवल लोकप्रियताका लागि मात्रै गरिएका हुन् भन्ने प्रश्न गर्दै त्यसको स्पष्ट जवाफ दिन सरकारसँग माग गरे।


