अ+
अ
अ-
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाढीपहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले विशेषगरी भोटेकोसी बाढीमा हाइड्रोपावर र टनेलभित्र सम्पर्कविहीन भएका नागरिक तथा भोजपुर र म्याग्दीमा भएको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे परिवार र आफन्तलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सम्पर्कविहीन आफन्तको अवस्थाबारे जानकारी नहुँदा परिवारहरू चिन्तित रहेको भन्दै उनले सरकारले नागरिकको सुरक्षा र सूचना पाउने हक सुनिश्चित गर्नुपर्ने बताए।
सांसद राईले विपद्मा परेकाहरूको खोजी कार्य तीव्र पार्दै बेपत्ता नागरिकको अवस्थाबारे परिवारलाई तत्काल जानकारी गराउन सरकारसँग अपिल गरेका छन्।


