अ+
अ
अ-
काठमाडौ । डिप्लोमा इन्जिनियरिङ पेसा तथा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय र पारदर्शी बनाउन सरकारले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ।
सांसद तथा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गरेका हुन्।
विधेयकमा डिप्लोमा इन्जिनियरिङ तथा सम्बन्धित प्राविधिकको योग्यता अनुसार नाम दर्ता गर्ने, परिषद्को स्थापना तथा सञ्चालन गर्ने, व्यावसायिक उत्तरदायित्व र गुणस्तर कायम गर्ने तथा व्यावसायिक आचारसंहिता लागू र अनुगमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, डिप्लोमा इन्जिनियरहरूको व्यावसायिक योग्यता नियमन गर्ने र उनीहरूको अभिलेख राख्नेलगायतका विषयलाई विधेयकमा समेटिएको छ।


