राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत

मन्त्री गौतम प्रस्ताप पेस गर्नुहुँदै काठमाडौँ, ५ असोज सङ्घीय संसद भवन सिंहदबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस भन्ने प्रस्ताप प्रस्तुत पेस गर्नुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम । तस्बिरः प्रदीपराज वन्तरासस
अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ। प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सौमित्रा गौतमले विधेयक प्रस्तुत गरेकी हुन्।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत राष्ट्रहितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको बताइन्।

उनका अनुसार बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न स्वदेशमै विशिष्टीकृत प्राज्ञिक केन्द्र स्थापना गरी सैनिक तथा गैरसैनिक अधिकारीलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने उद्देश्य विधेयकले लिएको छ।

सरकारलाई सुरक्षा तथा सामरिक मामिलामा नीति निर्माणका क्रममा प्रमाणमा आधारित राय–सुझाव उपलब्ध गराउनुका साथै नेपालको सुरक्षा नीतिलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको मन्त्री गौतमले बताइन्।

विश्वविद्यालयको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यसको सञ्चालन र प्राज्ञिक स्वायत्तताका लागि स्पष्ट तथा स्थायी कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक संघीय संसद्मा प्रस्तुत गरिएको जानकारी दिइन्।