अ+
अ
अ-
काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार पक्राउ गरेको हो।
प्रसाईंले केही साताअघि सार्वजनिक अभिव्यक्ति दिँदै ‘शहीदकी आमाले छोराको लाससँग सांसद पद साटेको’ आरोप लगाएका थिए।
त्यसपछि गत साता प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले आफू मेडिकल माफिया बन्न नभई जेन्जी पुस्ताका माग पूरा गर्न संसदमा आएको बताएकी थिइन्।
उनले आफूलाई लक्षित गर्दै छोराको लाससँग सांसद पद साटेको आरोप लगाइएको भन्दै आपत्ति जनाएकी थिइन्।
प्रसाईंविरुद्धको उजुरी र पक्राउको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


