सांसद सुनारको प्रश्न? सुन वा गिरिवन्धु के खाए कन्फिडेण्ट आउने हो ?

अ+
अ
अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राष्ट्रसंसदीय महासभामा प्रधानमन्त्रीको वक्तव्यमा कन्फिडेन्ट नभएको भन्दै विपक्षी दलहरूले गरेको आलोचनाको खण्डन गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सभामुखमार्फत विपक्षी सांसदहरूलाई प्रश्न गर्दै कन्फिडेन्ट आउन के खानुपर्ने हो भन्दै व्यंग्यात्मक प्रश्न गरे।

उनले भने, ‘के खाएपछि कन्फिडेन्ट आउँछ? घिउ खाएपछि कन्फिडेन्ट आउँछ भन्ने हो कि, ग्रिनटी खाएपछि वा गिरिबन्धु टी खाएपछि कन्फिडेन्ट आउने हो? क्विन्टलका क्विन्टल सुन र लडाकाकाे पैसा खाएपछि कन्फिडेन्ट आउने हो?’

प्रधानमन्त्रीको वक्तव्यमा आत्मविश्वास नभएको भन्ने विपक्षीको आलोचनाप्रति उनले यस्तो प्रश्न उठाएका हुन्। सांसद सुनारले आफूले उठाएको प्रश्नको उत्तर विपक्षी दलका सांसदहरूबाटै आउनुपर्ने बताएका छन्।