अ+
अ
अ-
नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले एक विपद्को घाउ निको हुन नपाउँदै देशले अर्को पीडा भोग्नुपरेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, नवलपुरलगायत ११ जिल्लामा बाढी, पहिरो र हिमपहिरोले गम्भीर क्षति पुर्याएको बताइन्।
उनका अनुसार प्रारम्भिक विवरणअनुसार विपद्का घटनामा १३ जनाको मृत्यु भएको र करिब ४ जना घाइते भएका छन्। यस्तै, १ हजार ५ सय २२ घर पहिरोका कारण क्षतिग्रस्त भएको तथा २ सय घर जोखिममा रहेको उनले बताइन्।
अर्यालले चारवटा मोटरेबल पुलसमेत धसिएको जानकारी दिँदै विपद्को अवस्थाबारे सरकारलाई जानकारी गराइएको बताइन्।


