बनेपा नगर सभापतिमा राम जोशीको उम्मेद्वारी घोषणा

+
-

बनेपा । नेपाली कांग्रेसका नेता राम जोशीले बनेपा नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। वि.सं. २०४९ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहँदै राजनीतिक अभियानमा सक्रिय जोशीले पार्टीको संगठन विस्तार र सुदृढीकरणमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।

वडा सभापति हुँदै नगर सभापतिसमेतको जिम्मेवारी सम्हालिसकेका जोशीले नेता–कार्यकर्ता तथा आम नागरिकबीच समन्वय र सहकार्य गर्दै संगठनलाई अघि बढाउन आफूले भूमिका खेल्दै आएको बताएका छन्।

उम्मेद्वारी घोषणा गर्दै जोशीले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत र सुदृढ बनाउँदै बनेपा नगरबासीको भावनालाई समेट्ने गरी ‘कांग्रेस २.०’ अभियानलाई योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जेनजी पुस्तासहित युवा, प्रौढ तथा ज्येष्ठ नागरिकको भावना समेटेर पार्टीलाई अघि बढाउने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका बमोजिम नेपाली कांग्रेस बनेपा नगर अधिवेशन हुन लागेको हो । बनेपा नगर सभापति पदको लागि जोशीसहित ५ जना प्रत्याशी रहेका छन् ।