केन्या–युगान्डा–राजनीति–प्रदर्शन

Kenyan activists hold placards and chant slogans during a demonstration calling for the release of detained Ugandan opposition figure Kizza Besigye in downtown Nairobi on September 21, 2026. A coalition of Ugandan and Kenyan activists blamed Kenya for the plight of Ugandan opposition figure Kizza Besigye, whose health is deteriorating as he faces treason charges. Besigye, a former personal physician to long-ruling Ugandan President Yoweri Museveni, has been in the authorities' crosshairs since he joined the east African country's opposition more than 25 years ago. He was abducted in November 2024 during a trip to Kenya and later appeared before courts on treason charges after being accused of plotting a conspiracy against Museveni, who has ruled Uganda for more than 40 years. (Photo by SIMON MAINA / AFP)
+
-

सन् २०२६ सेप्टेम्बर २१ मा केन्याको राजधानी नैरोबीको डाउनटाउन क्षेत्रमा हिरासतमा रहेका युगान्डाका विपक्षी नेता किज्जा बेसिग्येलाई रिहा गर्न माग गर्दै प्रदर्शनका क्रममा केन्याली अधिकारकर्मीहरू प्लेकार्ड बोकेर नारा लगाउँदै।

युगान्डा र केन्याका अधिकारकर्मीहरूको गठबन्धनले विपक्षी नेता किज्जा बेसिग्येको अवस्थाका लागि केन्यालाई जिम्मेवार ठहराएको छ। देशद्रोहको आरोप खेपिरहेका बेसिग्येको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।

युगान्डाका लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति योवेरी मुसेभेनीका पूर्व निजी चिकित्सक बेसिग्ये २५ वर्षभन्दा बढी समयअघि पूर्वी अफ्रिकी मुलुकको विपक्षी राजनीतिमा प्रवेश गरेदेखि नै सरकारी निगरानीमा रहँदै आएका छन्। उनलाई सन् २०२४ नोभेम्बरमा केन्या भ्रमणका क्रममा अपहरण गरिएको थियो। त्यसपछि मुसेभेनीविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै देशद्रोहको अभियोगमा अदालतमा उपस्थित गराइएको थियो। मुसेभेनी चार दशकभन्दा बढी समयदेखि युगान्डाको सत्तामा छन्।

तस्बिर : साइमन माइना/एएफपी