नेपाली कांग्रेसको आगामी असोज १६ गते देखि सुरु हुने पन्ध्रौँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गगन थापा विराेधी समुहले आत्मा समर्पण गरेका छन् । पार्टीको आन्तरिक विवाद थप चर्किए पछि देउवा समुहले गगन थापालाई विश्वास गर्दै पूर्व सभापति देउवा समुहलाई छाेडेका छन् । संस्थापन पक्ष र इतर समूहका दाेस्राे दर्जाका नेताहरु बीच सहमति जुट्न थालेकाे छ। काङ्ग्रेसले चौधौं महाधिवेशनमा केन्द्रीय समिति सदस्य भएकालाई महाधिवेशनमा समेटेर लैजाने निर्णय गर्दै ढाेका खुल्ला गरेको थियो ।
केन्द्रीय कमिटीको बैठकले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई समेत समेटेर पन्ध्रौँ महाधिवेशनको प्रक्रियामा अघि बढ्ने निर्णय गरे पनि इतर समूहका केही नेता भने देउवाकाे मनाेबैज्ञानीक भ्रममा पद पाउने आशामा बसेका छन् । तर उनीहरुकाे स्वार्थकाे राजनीति पछि नलागेर पन्धौ महाधिवेशनमा पदकाे आकांक्षा बाेकेर हिडेकाहरु सानेपामा देखिएका छन् । गत साउन २६ गते देउवालाई एयरपाेर्टमा स्वागत गर्न अग्रस्थानमा ढाेग चढाएका नेताहरु केन्द्रीय सदस्यकाे लाेभमा सानेपामा ज्युहजुरी गर्न पुगेकाे देखियाे । हिजाे विशेष महाधिवेशनमा गगन थापालाई असहयोग गरेका देउवाका टिके केन्द्रीय सदस्यहरु सानेपामा देखिनुले देउवाकाे पाेल्टाे रित्तिएकाे थाहा पाएपछि उतै उतै लागेका हुन भन्ने सकिने आधार धेरै छन् ।
पार्टीभित्रको विवाद आपसी सहमतिबाट समाधान हुन नसके नेपाली कांग्रेस गम्भीर संकटमा पर्न सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ। पछिल्लो विवादले कांग्रेसको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा नेता तथा कार्यकर्ताबीचसमेत अन्योल बढाएको थियो । संस्थापन पक्षले केन्द्रीय सदस्यकाे कार्ड फालेपछि देखिन्छ। देउवाकाे साथ छाेड्ने बढदै गए। एमाले अध्यक्ष केपि ओलीकाे जस्तै दंम्भ र अहंकार देउवामा पनि नदेखिएको होइन्। उनकाे हिन्दु धर्मकाे फण्डाले काम नगर्ने संकेत पाएका नेता राजनीतिक भविष्य सुरक्षित गर्ने उदेश्यले भौतारिरहेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई युवा पुस्ताका नेता तथा कार्यकर्ताको उल्लेख्य समर्थन रहेको दाबी गरिएको छ। बिहीबार एक कार्यक्रममा बाेल्दै थापाले पार्टीलाई जाेड्न आफू लचिलाे हुने र महाधिवेशनमा देउवाबाट उद्घाटन गराउने वचन दिए। उनले देउवालाई भनेका छन् ,` आदारणीय पुर्व पार्टी सभापतिले महाधिवेशनकाे उदघाट्न गरिदिनु हाेला ।´´केही अग्रज तथा मध्यमार्गी धारका नेताहरूले पनि देउवाकाे नेतृत्वमा पार्टीलाई अघि बढाउनु नसकिने संकेत गरेका छन् ।
अर्कोतर्फ, राष्ट्रिय भेलामा देखिएको गतिविधिले कांग्रेसभित्र अहंकार, दम्भ र पदलोलुपता अझै कायम रहेको भन्दै आलोचना भइरहेको छ। अग्रज नेतृत्वप्रति युवा पुस्ता पूर्ण रूपमा सन्तुष्ट नरहेको देखिए पनि थापा नेतृत्वको समूहभित्रै पनि केही नेता अन्योल र विचलित अवस्थामा रहेका थिए। पुनरावलाेकन मार्फत सर्वाेच्चले देउवाकाे पाेल्टामा व्याज हालिदिने आश धेरै नेताहरुमा थियो । तर अदालतले देउवालाई न्याय दिन सकेन्।
यद्यपि, कांग्रेसभित्रको वर्तमान शक्ति संघर्षलाई केवल देउवा र थापाबीचको व्यक्तिगत टकरावका रूपमा मात्र हेर्नु पर्याप्त नहुने देखिन्छ। यो विवाद पार्टीको नेतृत्व, महाधिवेशनको वैधानिकता, पुस्तान्तरण, संगठनात्मक संरचना र राजनीतिक दिशासँग समेत जोडिएको छ।
देशले ३८ वर्षकाे युवा नेता प्रधानमन्त्री पाएकाे छ ।तर पार्टी भित्र युवालाई नेतृत्व हस्तान्तरण गर्ने आँट कसैमा देखिदैन्। त्यो काङ्ग्रेसका युवा नेताले राेजेकाे बाटाे अहिलेकाे अबस्थामा समय सान्दर्भिक देखिन्छ। तर कम्युनिस्ट पार्टीमा युवा नेताहरुले त्यति आँट नगर्नुले कम्युनिस्ट आन्दोलन प्रति युवाकाे वितृष्णा बढेकाे आँकलन गर्न सकिन्छ। १५ लाख पार्टी कार्यकर्ताले सदस्यता नविकरण गरेका छन् । अबकाे भविष्य काङ्ग्रेसकाे हातमा छ र गगन थापाले नेतृत्वलाई सहि दिशामा लैजाने विश्वास जागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाकाे सहभागीताले यसलाई पुष्टि गर्छ। युवा नेतृत्व देश र जनताले चाहेका छन् ।
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने नियमित राजनीतिक प्रक्रिया मात्र नभई पार्टीको आगामी दिशा, पुस्तान्तरण र संगठनात्मक एकताको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोड बन्ने देखिएको छ। देउवा र थापा पक्षबीचको शक्ति संघर्ष सहमतिमा टुंगिन्छ वा कांग्रेसभित्र विभाजनको नयाँ अध्याय सुरु हुन्छ भन्ने विषय भने महाधिवेशनले नै गर्ने छ। तर काङ्ग्रेसमा पार्टी विभाजनकाे दाेष लिन तयार नेता देखिदैन्।
कुनै नेताले बाह्य या आन्तरिक शक्तिकाे आड्मा पार्टी विभाजनकाे प्रयास गरे घातक सावित हुने छ। साथै काङ्ग्रेसकाे राजनीतिक इतिहासमा कलंककाे बिल्ला भिर्न तयार हुनु पर्छ। जस्तै पुर्व प्रधानमन्त्री माधब कुमार नेपालकाे राजनीति समाप्तिको पथमा जाँदै छ त्यसरी नै पतन हुने निश्चित छ। अगामी दिनमा अहंकार त्यागेर सफल राजनीति संस्कार विकास गर्ने , भ्रष्टाचार नियन्त्रण गर्ने , सुशासनलाई कायम राख्दै देश सुहाउँदो राजनीति गरे काङ्ग्रेसले नै यो देशकाे बागडाेर सम्हाल्ने कुरामा दुइमत छैन्।
अपेक्षा गरौं,पन्ध्रौं महाधिवेशनबाट खारिएकाे र दरिएकाे काङ्ग्रेस हुने छ। युवा नेतृत्वले देशकाे अन्याय ,अत्याचार र बेथिति विरुद्ध बुलन्द आवाज उठाउने छ।


