युवा संघ नेपालद्वारा भोटेकोसी बाढीपीडितलाई ग्यास सिलिन्डर वितरण

+
-

नुवाकोट — भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको छ।

युवा संघ नेपालका मनोज खत्री र प्रेम प्रधानको धुर्ब अधिजारी सहितको नेतृत्वमा रहेको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको हो।

बाढीका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले ग्यास सिलिन्डर वितरण गरिएको युवा संघ नेपालका धर्मबहादुर शाहीले जानकारी गराउनु भयो।

विपद्को समयमा प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत तथा पुनर्स्थापनाका अभियानलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो। राहतसँगै प्रभावित बस्तीको सरसफाइ, भग्नावशेष व्यवस्थापन तथा पुनर्निर्माणमा समेत स्वयंसेवक परिचालन गर्ने युवा संघ नेपालले जनाएको छ।