काठमाडौँ ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायोनेपालले मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो ।
नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो । यस्तै, फाइनलमा गुलशनकुमार झाले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको इनिङ खेलेका हुन् ।
एकदिवसीयमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन बनाए । युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एक/एक विकेट लिए । आजको खेल जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिसी एसिया कप खेल्ने अवसर पाउनेछ ।
नेपाल दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ । नेपालले यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने अवसर पाएको थियो । –


