अ+
अ
अ-
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको भन्दै ‘ग्रीन आर्मी’ नामक संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
रसुवा बाढीबाट प्रभावितको उद्धारमा खटिएको उक्त समूहले नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको भन्दै विवाद भएपछि सर्वोच्चमा रिट परेको हो।
अधिवक्ताहरू साम्बरा जरियाल, पुनबहादुर साउद, गोविन्द राम परियार र विष्णु सिंह थापाले दायर गरेको रिटमा नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैनिक प्रकृतिको पोसाक र दर्जा प्रयोग गरेको दाबी गरिएको छ।
रिट निवेदकहरूले मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्री, रक्षामन्त्री, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन, गोर्खा नगरपालिका तथा कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाएका छन्।


