डर, त्रास र धम्कीबाट लामो समय सत्ता टिक्छ भन्ने भ्रम नपाल्न सरकारलाई बर्तमान पुनको चेतावनी

मन्तव्य राख्नुहुँदै सांसद पुन काठमाडौँ, २६ भदौः सङ्घीय संसद भवन सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद वर्षमान पुन। तस्बिरः किरणराज विष्ट÷रासस
+
-

नेपाली कम्युनिस्ट पार्टीका सांसद बर्तमान पुनले सरकारले दम्भ, अहंकार र घमण्डका आधारमा राज्य सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले डर, त्रास र धम्कीका आधारमा लामो समयसम्म सत्तामा टिक्न सकिन्छ भन्ने भ्रम नपाल्न सरकारलाई आग्रह गरे।

उनले सरकारलाई चेतावनी दिँदै भने, “भित्तामा झुन्ड्याइएका पूर्वप्रधानमन्त्रीहरूका तस्बिर एकपटक हेर्नुहोस्, सत्य त्यहीँबाट देख्न सकिन्छ।”

सांसद पुनले जनताको भावना र लोकतान्त्रिक मूल्यलाई बेवास्ता गर्दै दम्भ र अहंकारका साथ शासन सञ्चालन गरे त्यसको परिणाम सरकारका लागि सुखद नहुने बताए।

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्य सञ्चालनमा संयमता, जवाफदेहिता र जनउत्तरदायित्व आवश्यक रहेकोमा जोड दिए।