एससीओ बैठकअघि पुटिन र झापारोभबीच भेटवार्ता

Russian President Vladimir Putin, left, and Kyrgyz President Sadyr Zhaparov shake hands prior to the Shanghai Cooperation Organization (SCO) meeting in Bishkek, Kyrgyzstan, Tuesday, Sept. 1, 2026. (Vyacheslav Prokofyev, Sputnik, Kremlin Pool Photo via AP)
+
-

बिश्केक, किर्गिस्तान । सांघाई सहयोग संगठन (एससीओ) को बैठकअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किर्गिस्तानका राष्ट्रपति सदिर झापारोभबीच भेट भएको छ।

मंगलबार किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित एससीओ बैठकअघि दुई नेताले हात मिलाउँदै अभिवादन गर्नुभएको हो।

एससीओ बैठकमा सदस्य राष्ट्रका नेताहरूको सहभागिता रहेको छ। क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य तथा सदस्य राष्ट्रबीचको सम्बन्धलगायत विषय बैठकका प्रमुख एजेन्डा रहेका छन्।

तस्बिर : भ्याचेस्लाभ प्रोकोफिएभ/स्पुतनिक/क्रेमलिन पूल फोटो/एपी