सोमबार चार प्रदेशसहित तराईमा वर्षाको सम्भावना

This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter
अ+
अ
अ-

काठमाडौ । सोमबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित तराईका केही भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको प्रभाव र न्यूनचापीय रेखा केही उत्तरतर्फ सरेकाले मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो।

बाढी र पहिरोको प्रभाव रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।