बाढीले क्षतिग्रस्त संरचना र सडकको लेदो पन्छाइँदै

अ+
अ
अ-

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त संरचना तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम सुरु गरिएको छ।

आइतबार नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे बजारमा डोजरको प्रयोग गरी बाढीले क्षति पुर्‍याएका संरचना हटाउनुका साथै सडकमा थुप्रिएको लेदो पन्छाउने काम भइरहेको हो।

बाढीका कारण बजार क्षेत्रमा सडक तथा विभिन्न संरचनामा क्षति पुगेपछि आवागमन सहज बनाउन सरसफाइ तथा पुनःस्थापनाको काम अघि बढाइएको छ।

तस्बिर : हरिराम भेटुवाल/रासस