भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत प्रयासबारे सरकारको जानकारी

काठमाडौँ, १४ भदौ : सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी नदीमा आएको बाढीपछि सरकारका तर्फबाट भइरहेको खोज, उद्धार तथा राहत प्रयासबारे जानकारी गराउनुहुँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री । तस्बिर : किरणराज विष्ट/रासस
अ+
अ
अ-

काठमाडौं । सरकारले भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहत प्रयासबारे जानकारी गराएका हुन्।

प्रवक्ता पौडेल क्षेत्रीले बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार र राहत वितरणका लागि सम्बन्धित निकायबीच समन्वय गरी काम भइरहेको जानकारी दिए। विपद्को अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्रोतसाधन परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको उनले बताए।

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

तस्बिर : किरणराज विष्ट/रासस