अ+
अ
अ-
काठमाडौ । रसुवा बाढीपीडितका लागि चीनले ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायु सेनाका दुई वटा वाई–२० विमानमार्फत राहत सामग्री काठमाडौं ल्याइएको हो।
काठमाडौं विमानस्थलमा ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवीकरणीय ऊर्जा मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड बिस्कुटलगायत उपचार सामग्री रहेका छन्।


