अ+
अ
अ-
मकवानपुर । भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि मकवानपुरका एक ट्रक चालक सम्पर्कविहीन भएका छन्।
मकवानपुरको थाहा नगरपालिका–१० का सूर्य गाेपाली कामको सिलसिलामा ट्रक लिएर रसुवा पुगेका थिए। रसुवामा आएको बाढीपछि परिवारसँग उनको सम्पर्क हुन सकेको छैन।
कपालीको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयमा समेत आवश्यक जानकारी गराइसकेको जनाएको छ। तर, हालसम्म उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार गाेपालीलाई बाढीपछि रसुवालगायत आसपासका क्षेत्रमा कसैले देखेको वा भेटेको भए तत्काल परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ।


