रसुवा बाढीपछि काभ्रेका सात जना परिवारकाे सम्पर्कमा

jilla prasan kavre
अ+
अ
अ-

काभ्रेपलाञ्चोक । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका काभ्रेपलाञ्चोकका सात जना परिवारकाे सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रसुवा बाढीपछि सम्पर्क विहिन सात जना परिवारको सम्पर्कमा आएका छन्। बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा रहेका केही काभ्रेली नागरिक परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सम्बन्धित व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको छ।

रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सञ्चार तथा यातायात सेवा प्रभावित बनेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोजी, उद्धार तथा राहतको काम जारी रहेको छ।