रसुवा बाढीपीडितका लागि नागरिकस्तरबाट राहत संकलन सुरु

त्रिशूली (नुवाकोट), १२ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण प्रभावित भएका नुवाकोट र रसुवाको विभिन्न ठाँउको अस्थायी क्याम्पमा रहेका प्रभावित बासिन्दालाई वितरणका लागि सङ्कलन गरिएको राहत सामग्री । आवश्यक राहत सामग्री प्राप्त भइरहेकाले हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । तस्बिर: रामहरि न्यौपाने/रासस
अ+
अ
अ-

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा नागरिकस्तरबाट राहत संकलन सुरु गरिएको छ।

शुक्रबार काठमाडौंको माइतीघरमा स्वतःस्फूर्त रूपमा भेला भएका नागरिकहरूले बाढी प्रभावितका लागि खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्री संकलन गरेका हुन्। संकलित सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइने छ।

बाढीका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिक, व्यापारी तथा सर्वसाधारण विस्थापित भएका छन्। उनीहरूका लागि कम्बल, ब्ल्याङ्केट, त्रिपाल, खानेपानी, चामल, चिउरा, तेल, म्याट लगायत अत्यावश्यक सामग्री संकलन भइरहेको छ।

बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा, स्वास्थ्य सामग्री तथा अन्य राहत सामग्री उपलब्ध गराउन नागरिकहरू स्वस्फूर्त रूपमा सहयोगमा जुटेका हुन्।