अ+
अ
अ-
काठमाडौ । तिब्बतमा ताल फुटेपछि आएको बाढी रसुवाको भोटेकोशी हुँदै स्याप्रुबेंसी क्षेत्रमा आइपुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ताल फुटेर तिब्बतस्थित छेचेन खोला र पुरेपु नदीमा थुनिएको थियो। उक्त ताल फुटेपछि आएको बाढी नेपालतर्फ भोटेकोशी नदी हुँदै रसुवामा प्रवेश गरेको छ।
ताल फुटेको जानकारी पाएपछि रसुवाका प्रमुख जिल्ला अधिकारीले तटीय क्षेत्रमा रहेका नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रहरीले पनि हाई अलर्टमा रहन र जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिएको छ।


