काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको जनाएको हो।
प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
“तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान जानकारी गराउँदछौँ,” प्रहरीको सूचनामा भनिएको छ।
ड्याम पुनः फुटेको सूचनासँगै नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।


