पश्चिम नवलपरासीमा पाँच शव

दमौली (तनहुँ), १० भदौ ः रसुवाको भोटेकोशीमा आएको बाढीका कारण तनहुँ र चितवन सीमाना भएर बग्ने त्रिशुली नदीमा बुधबार दिउँसो बढेको बहाव । तस्बिर ः कृष्ण न्यौपाने, रासस
अ+
अ
अ-

नवलपरासी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताउनु भएको छ ।

थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिनुभयो ।